Sajhamanch Archive

अस्पतालले निकालिदिएपछि कामदारले आफैंलाई आगो लगाए

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by .

अछाम । यहाँस्थित बयलपाटा अस्पताल परिसरमा एकजना कामदारले आत्मदाहको प्रयास गरेका छन्। साफेबगर नगरपालिका घर भएका अस्पतालका कर्मचारी सिद्धार्थ आउजीले आफ्नै शरीरमा आगो लगाएर आत्महत्याको प्रयास गरेका हुन्।

केही दिनअघि अस्पतालले कामबाट निकालिदिएपछि तनावमा रहेका उनले आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन्। अस्पतालले आर्थिक अभावको कारण जनाउँदै ३३ जना कर्मचारीको करार सम्झौता थप गरेको छैन ।

३३ जनामध्ये आउजी शौचालय सफाई गर्ने कर्मचारी हुन्। उनले सोमबार बिहान अस्पताल परिसरमा शरीरमा आगो लगाएका थिए। तर तत्काल स्थानीय कर्मचारी, प्रहरी र स्थानीयले आगो निभाएर उनलाई बचाएका थिए।

गम्भरी अवस्थाका आउजीलाई सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय र अछामका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलको पहलमा सिम्रिक एयरको हेलिकोप्टरमार्फत कोहलपुर मेडिकल कलेज पठाइएको छ ।

न्याय हेल्थ नेपालद्वारा सञ्चालित बयल्पाटा अस्पतालले जेठबाट कर्मचारी कटौति गरेको छ। लकडाउनकै बेला जागिरबाट निकालिएपछि उनीसहितका कर्मचारीहरु तनावमा थिए।

सहयोग बन्द भएपछि आर्थिक अभावका कारण कर्मचारी कटौति गरिएको दाबी न्याय हेल्थ नेपालका कार्यकारी निर्देशक एसपी कलौनीले गरेका छन्। अस्पतालले लकडाउनको संकटकैबेला जागिरबाट अचानक निकालिएदिपछि ती कर्मचारी आर्थिक मारमा परेका छन्।

कर्मचारी कटौतीको तीव्र विरोध भइरहेको छ। नेपाल पत्रकार महासंघ अछामका पूर्वअध्यक्ष बेदप्रकाश तिमिल्सैनाले यस्तो संकटपूर्ण समयमा तल्लो तहका कर्मचारी हटाउन नहुने बताएका छन् कर्मचारी कटौती गरिएपछि आलोचना भइरहेका बेला जिल्ला समन्वय समिति अछामका प्रमुख नरबहादुर कुँवरको अध्यक्षतामा भएको सर्वपक्षीय बैठकले पुनर्वहाली गर्न अनुरोध गर्ने निर्णय गरेको छ।

स्रोत : थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *