Sajhamanch Archive

अस्पतालले कामबाट निकालेको भन्दै आफ्नै शरीरमा आगो लगाएका आउजीको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by .

अछाम । अछामको बयालपाटा अस्पतालले हटाइएपछि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएपछि गम्भिर घाइते बनेका एक कर्मचारीको मृत्यु भएको छ ।

आफ्नै शरीरमा पेट्रो खन्याएर आगो लगाई आत्मदाको प्रयास गरेका साँफेबगर नगरपालिका–६ का २७ वर्षीय सिद्धार्थ आउजीको उपचारका क्रममा कोहलपुरमा मृत्यु भएको जानकारी आएको सहायक प्रमुख जिल्ला अधिकारी नन्द किशोर यादबले बताएका छन् ।

अस्पतालले कामबाट निकालेर महामारीकै समयमा परिवारको रोजीरोटी खोसेको भन्दै आउजीले सोमबार बिहान बयालपाटा अस्पताल परिसरमा आफ्नो शरीरमा आगो लगाएका थिए । उनले शरीरमा आगो लगाए लगतै अस्पतालका कर्मचारी, प्रहरीले आगो निभाएका थिए । गम्भीर घाइते भएका आउजीलाई हेलिकप्टरमार्फत उपचारका लागि कोहलपुर लगिएको थियो ।

आउजी अस्पतालमा ढेड वर्षदेखि सरसफाई कर्मचारीको रुपमा कार्यरत थिए । दुई महिना अगाडि नै अस्पतालले आर्थिक संकट परेको भन्दै उनीसहित ३३ जना कर्मचारीलाई कामबाट हटाएको थियो । बयालपाटा अस्पतालका सिनियर पिपुल अप्रेसन अफिसर नवराज जोशीले आर्थिक अभावले ३३ जनाको करार नथपिएको बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *