Sajhamanch Archive

दम्पतीले एकअर्कासँग लुकाउनैपर्ने कुरा

Published: in टिप्स/जानकारी by .

श्रीमान र श्रीमतीले हरेक कुरा एकअर्कासँग साझेदारी गर्नुपर्छ । उनीहरू एकअर्कामा खुलस्त र पारदर्शी हुनुपर्छ । आफ्नो मनका लागेको कुरा निर्धक्क भन्नुपर्छ । यसरी उनीहरूबीचको अन्तर्क्रियात्मक सम्बन्धले नै दाम्पत्य जीवनमा प्रेम र भरोसा दिगो राख्छ । हामीलाई यस्तै लाग्छ ।

तर मनका सबैकुरा आफ्ना श्रीमान् वा श्रीमतीसँग पोख्नैपर्छ रु सबैकुरा एकअर्कामा साझेदारी गर्नु उचित हुन्छ रु

कतिपय कुरा यस्ता हुन्छन्, जसमा नित्तान्त गोपनीयता अपनाउनुपर्ने हुन्छ। यदि त्यस्ता कुरा एकअर्कासँग साझेदार गर्दा सम्बन्ध बलियो हुने होइन, बरु अरू खराब हुने भय रहन्छ । के हो त त्यस्ता कुरा, जो दम्पतीले एकअर्कासँग लुकाउनैपर्छ ।

आफ्नै परिवारको नराम्रो कुरा

श्रीमान् वा श्रीमतीले आफ्नो परिवारको नकारात्मक कुरा गर्नु उचित हुँदैन । परिवारका सदस्यहरूको गल्ती, कमजोरी औंल्याउने, टिप्पणी गर्ने, परिवारको मान(मर्यादामा आँच आउने कुराहरू गर्ने बानी राम्रो होइन। परिवारभित्रका कुराहरू सकेसम्म गोप्य राख्नुपर्छ । परिवारका सदस्यहरूको गल्ती कमजोरी औँल्याउने र त्यसमाथि नकारात्मक टिप्पणी गर्ने बानीले दाम्पत्य सम्बन्धलाई धरापमा पार्न सक्छ।

अरूको चरित्र हत्या हुने कुरा

श्रीमान् वा श्रीमतीले अर्काको चरित्रलाई लिएर पनि नकारात्मक टिप्पणी गर्नु उचित हुँदैन । चाहे घरका सदस्य होस् वा छिमेकी, साथीभाइ होस् वा कार्यालयका सहकर्मी। उनीहरूको चरित्रलाई लिएर नकारात्मक टिप्पणी गर्नु आफैँमा खराब प्रवृत्ति हो । त्यसैले आफूले अर्काको चरित्रमाथि औँला उठाइरहँदा पार्टनरमा आफूलाई हेर्ने दृष्टिकोण नै खराब बन्न सक्छ ।

त्यसैले अर्काको चरित्र हत्या हुने किसिमको टीकाटिप्पणी गर्नु उचित हुँदैन । परिवारका सदस्य, छिमेकी, साथीभाइको व्यक्तिगत चरित्र कस्तो छ भन्ने कुरा दम्पतीबीच साझेदार गर्नु जरुरी पनि छैन । बरु अरूको चरित्रबारे चर्चा गरेर समय खर्च गर्नुभन्दा आफ्नै घर व्यवहारको कुरा गर्नु उचित हुन्छ ।

अर्कासँग तुलना नगर्ने

श्रीमान् वा श्रीमतीमा एकअर्काप्रति केही अपेक्षा हुन्छन नै । यद्यपि ‘फलानोले जस्तो’ भनेर आफ्ना पार्टनरलाई अरूसँग तुलना गर्नु उचित हुँदैन । मानौं तपाईंले आफ्ना पार्टनरमा कतिपय कमी, कमजोरी औंल्याउनुभएको छ । अरू व्यक्तिसँग तुलना गर्दै उक्त कमी कमजोरीमाथि टिप्पणी गर्दा त्यसले तपाईंहरूमा एकअर्काप्रतिको आशा र भरोसा टुट्न सक्छ।

सबै मान्छे आफैँमा पूर्ण हुँदैनन् । सबैको केही सवल पक्ष हुन्छन्, कमजोरी पनि । आफ्नो पार्टनरमाथि खोट देखाउने कुरा पनि त्यति उचित हुँदैन । यस्ता कुरामा मौन बसेकै राम्रो हो।

अपमानको कुरा

आफूमाथि अपमान भएको कुरा पनि दम्पतीले एकअर्कामा साझेदार गर्न आवश्यक छैन । यस्ता कुराले आफ्ना पार्टनरलाई अरू बढी दुःखी बनाउन सक्छ । हीनताबोध पैदा गर्न सक्छ । त्यसैले आफूमाथि कुनै अपमान भएमा त्यसलाई साझेदारी गरिरहनु उचित हुँदैन ।

सहयोग गरेको कुरा

मानौं आफन्त, छिमेकी, साथीभाइलाई तपाईंले केही सहयोग गर्नुभयो । आर्थिक सहयोग हुन सक्छ, भौतिक सहयोग हुन सक्छ । यस्ता कुरा पनि पार्टनरलाई बताउनु उचित हुँदैन । किनभने सहयोग भनेको हार्दिकताका साथ खुला हृदयले गर्ने हो । यसरी कसैलाई सहयोग गरिन्छ भने त्यसलाई प्रचार गरिरहनु आवश्यक छैन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *