Sajhamanch Archive

भारतको दिल्लीबाट आएका थिए, मेचीनगरका कोरोना संक्रमित

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

मेची । मेची नगरको पशुपति माविको क्वारेन्टाइनमा रहेका कोरोना संक्रमित युवा भारतको दिल्लीबाट आएको खुलेको छ ।

मेचीनगर–४ का २९ वर्षीय विवाहित पुरुष भारतको दिल्लीबाट जेठ १५ गते काँकरभिट्टा आइपुगेका थिए ।

दिल्लीबाट उनीसहित श्रीमति जेठ १५ गते नेपाल–भारत सीमा नाकाको दशगजा स्थित मेचीपुलमा आइपुगेका हुन् ।

मेचीपुलमा उनी र श्रीमतिलाई लिन मेचीनगर–४ का वडाध्यक्ष नविन बराल आएका थिए ।

उनले आफ्ना वडाबासीलाई मेचीपुलबाट एम्बुलेन्समा हालेर पशुपति माविको क्वारेन्टाइनमा राखेका थिए ।

उक्त क्वारेन्टाइनमा बसेका दुवै जनाको जेठ २२ गते पीसीआर टेष्ट गरिएको वडाध्यक्ष बरालले बताए । उनको श्रीमतिको पीसीआर रिपोर्ट चाहिँ नेगेटिभ आएको उनले जानकारी दिए ।

क्वारेन्टाइनमा बसेका कोरोना संक्रमित उनलाई सोमबार दिउसो एम्बुलेन्समा हालेर प्रदेश नम्बर १ ले भरखरै तयार पारेको गोठगाउँ स्थित कोभिड अस्पताल पठाइएको वडाध्यक्ष बरालले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *