Sajhamanch Archive

भरतपुर अस्पतालमा एक कोरोना संक्रमितकाे मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

चितवन । चितवनको भरतपुर अस्पतालको आईसीयूमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

सोमबार साँझ नारायणी सामुदायिक अस्पतालको आईसीयूबाट भरतपुर अस्पतालको आईसीयूमा सारिएका एक संक्रमितको मृत्यु भएको हो ।

उनको आज ९मंगलबार० विहान ७ बजेर ६ मिनेट जाँदा मृत्यु अस्पतालले जनाएको छ । उनको शव भरतपुर अस्पतालको आईसीयूमै छ । शवको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा आवश्यक छलफल शुरु हुँदै गरेको स्रोतले जानकारी दिएको छ ।

भरतपुर महानगरपालिका–११ का ६८ वर्षीय ती वृद्धलाई सोमबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा मुट र निमोनियाको समस्या रहेको जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालयको अनुमति विना नै क्रिटिकल अवस्थाका बिरामीलाई सारेको भन्दै प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले आपत्ति जनाएका छन् । नारायणी सामुदायिक अस्पतालले सामान्य अक्सिजनको भरमा बिरामीलाई भरतपुर अस्पतालको आईसीयूमा सारेको थियो ।

भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा। श्रीराम तिवारीले आफूहरुले बिरामी नसार्न भन्दाभन्दै सारिएको बताए । मेसु तिवारीले बिरामी ल्याउँदा समेत सावधानी नअपनाएको बताए । नारायणी सामुदायिक अस्पतालको आईसीयूमा अन्य चार जना कोरोना संक्रमितसँगै राखिएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *