Sajhamanch Archive

झापाका थप २८ जनाले जिते कोरोना

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट थप २८ जना कोरोना जितेर घर फर्किएका छन् । संक्रमण पुष्टि भएपछि प्रतिष्ठानको आइसोलेसनमा भर्ना भएका झापाका २८ जना पुरुषहरु डिस्चार्ज भएका हुन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार १८ देखि ५६ वर्ष उमेर समूहका २८ जना पुरुषलाई डिस्चार्ज गरिएको छ । धरानमा अब ५५ जना उपचाररत छन् ।

मंगलबारसम्म धरानबाट डिस्चार्ज हुनेको संख्या ६१ पुगेको छ । प्रदेश १ मा कोरोना मुक्त हुनेको संख्या ११८ पुगेको छ ।

प्रदेश १ मा २७७ जना कोरोना पोजेटिभ छन् । कोरोना पुष्टि भएकामध्ये १५९ जनाको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगर, पूर्वाञ्चल विश्वविद्यालय मेडिकल कलेज गोठगाउँ र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।

स्रोत : अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *