Sajhamanch Archive

आज अष्ट्रेलिया र भोलि यूएईबाट आउँदैछन् उद्दार गरिएका नेपाली

Published: (Updated: ) in परदेश (प्रवास), राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । विदेशमा अलपत्र परेका व्यक्तिलाई उद्दार गर्ने नीति अनुरुप मंगलबार बेलुकी अष्ट्रेलियाबाट नेपाली नागरिक आउँदैछन् ।

नेपाल एयरलाइन्समार्फत साँझ ११ जना नेपालीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् । त्यसपछि नेपाली सेनाले उनीहरुलाई उपत्यकामा तयार गरिएका ९ वटा होल्डिङ सेन्टरमध्ये एउटामा राख्नेछ ।

होल्डिङ सेन्टरमा प्रदेशगत रुपमा राख्ने तयारी सेनाले गरे पनि उद्दार गरिने व्यक्तिको संख्या न्यून भएकाले एउटै सेन्टरमा राखेर प्रदेशमा क्वारेन्टिनमा पठाउने गरी व्यवस्थापन गरिने सैनिक स्रोतको भनाइ छ ।

बुधबार यूएईबाट दुई वटा उडान हुने सैनिक स्रोतको भनाइ छ । यसअघि २३ जेठमा यूएईमा अलपत्र १६९ जना काठमाडौं आएका थिए । त्यसबेला यूएईस्थित नेपाली दूतावासले तोकेको सूचीका व्यक्तिभन्दा फरक व्यक्ति काठमाडौं आएपछि विवाद पनि भएको थियो ।

उडान भाडालाई लिएर विवाद भएका वेला दुई वटा निजी कम्पनीले नेपालीलाई काठमाडौं पठाइदिएको थियो ।

बुधबार आउने विमानमा दूतावासको सूची अनुसारका ३ सयदेखि ४ सय जना व्यक्ति नेपाल आउने जनाइएको छ । उनीहरुलाई त्यहीँ कोरोना भाइरसको पीसीआर परीक्षण गर्न भनिएको छ ।

नेपालमा आएर उनीहरुलाई सम्बन्धित प्रदेशको क्वारेन्टिनमा १४ दिन राखिनेछ ।

स्रोतः अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *