Sajhamanch Archive

शुल्क बृद्धिको विरोधमा उत्रिएको दुई विद्यार्थी संगठनले नगरपालिकामा बुझायो ज्ञापन पत्र

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by .

बिर्तामोड । चर्को शुल्क बृद्धिको विरोधमा विद्याथी संगठन आन्दोलित भएका छन् । अखिल र अखिल क्रान्तिकारी विद्यार्थी संगठनले संयुक्त रुपमा दोस्रो चरणको आन्दोलनमा निस्केका हुन् ।

प्यासन र एनप्यासनले चरम शुल्क लिएको तथा एसइइ दिएर ११ र १२ मा पढ्न लागेका विद्यार्थीहरुलाई क्यापसहरुले चरम शुल्क लिने गरेको पाइएकाले त्यसलाई रोक्न आन्दोलन गर्नु परेको विद्यार्थी संगठनले जनाएको छ । संगठनले यस अघि स्थानीय तहमा बुझाएको ज्ञापन पत्रको कार्यान्वय नभएका कारण पुन नगरप्रमुख समक्ष ज्ञापन पत्र बुझाएको अखिल क्रान्तिकारी झापा अध्यक्ष अनिल सुवेदीले बताए ।

विदेश पढ्न पठाउँने कन्सलटेन्सीको माध्यमबाट विद्यार्थीहरु विदेश पढ्न जाँदा अलपत्र भएका कारण यसलाई पनि रोक्नका लागी स्थानीय सरकार गम्भिर हुनुपर्ने माग राख्दै आदोलनका कार्यक्रम अगाडी बढाइएको अखिल सचिव राजेस कार्कीले बताए ।
झापाका सम्पुर्ण स्थानीय तहका नगरप्रमुख समक्ष आइतबार विद्यार्थी नेताहरु पुगेर ज्ञापन पत्र बुझाएका छन् । क्यापसको शुल्क बृद्धि र कन्सलटेन्सीको लापारही तत्कालन रोक्नु पर्ने मागसहित ज्ञापन पत्र बुझाएको अखिल अध्यक्ष दुर्गा धमलाले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *