Sajhamanch Archive

शिवसताक्षी नगरपालिकाको कोरोना भाइरस रोकथाम कोषको आय-व्यय सार्वजनिक (भिडियोसहित)

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह by .

शिवसताक्षी । शिवससाक्षी नगरपालिकाले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि स्थापना गरिएको कोषमा भएको आय व्यय सार्वजनिक गरेको छ ।  नगरपालिकाले मंगलबार पत्रकार सम्मेलन गर्दै आय व्यय सार्वजनिक गरेको हो ।

कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि स्थापना गरिएको नगरको कोषमा ९० लाख २५ हजार ५४६ रकम जम्मा भएको नगर प्रवक्ता नविन इजमले जानकारी दिए । जसमा ५१ लाख ५३ हजार ५७५ रकम खर्च भएको छ भने ३८लाख ७१ हजार ९७१ रकम कोषमा रहेको प्रबक्ता इजमले बताए ।

आम्दानी तर्फ नगरपालिकामा प्राप्त दाताहरुबाट १७ लाख १७ हजार ६८५, नगरपालिकाबाट १० लाख, जनप्रतिनिधिहरुबाट ४ लाख २८ हजार, कर्मचारीहरुबाट १ लाख ९७ हजार ३७४, प्रदेश सरकारबाट १० लाख, नगरको प्रकोप व्यवस्थापन कोषको ४६ लाख ८२ हजार ४८७ रहेको नगरपालिकाले जनाएको छ ।

क्वारेन्टाइन व्यवस्थापन, शिवसताक्षीको दूधेमा रहेको होल्डिङ्ग एरिया व्यवस्थापन, स्वास्थ्य सामाग्री खरिद, राहत सामाग्री खरिद, स्वयमसेवक प्रारिश्रमिक आदिमा खर्च गरिएको जानकारी गराइएको थियो ।

कार्यक्रममा शिवसताक्षी नगरपालिका मेयर चन्द्रकुमार सेर्माले नगरपालिकाले कोरोना नियन्त्रणका लागि गरिएको काम प्रभावकारी भएका कारण नै शिवसताक्षीमा कोरोना नदेखिएको बताएका छन् । उनले हालसम्म क्वारेन्टाइनमा १ सय ७ जनालाई राखि सकिएको जानकारी दिए ।

जसमा आर डिटि विधिबाट ५९ जना र पिसिआर विधिबाट ५८ जनाको कोरोना परीक्षण गरी नेगेटिभ रिर्पोट आएपछि सबैलाई घर पाइएको मेयर सेर्माले बताए । हाल क्वारेन्टाइनमा १७ जना रहेका छन् । स्वाव संकलनका लागि ४ सय ५० भिटिएम किट र आर डि टी परिक्षणका लागि करिब ५ सय किट नगरमा मौज्दात रहेका समेत जानकारी गराइएको थियो ।

लकडाउनका बाबजुत पनि सामाजिक दुरी कायम गरी नगरका सबै विकासका कामहरु सुचारु गरिएको उपमयेर भोजकुमारी नेपालले बताइन् । लकडाउनले गर्दा शिवसताक्षीमा सञ्चालित आयोजनाहरु कुनै रोकिएका छैनन् उनले भनिन्, हामीले एक महिना काम रोकेका थियौ, तर जिल्ला समन्वय प्रकोप व्यवस्थापन समिति लकडाउन केही खुकुलो गरी विकासका काम सुुचारु गर्ने निर्णयसँगै हामीले पनि निर्माण कार्यलाई तिब्रता दिएका छौं ।

नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत १८३ जनालाई रोजगार दिइरहेको उपमेयर नेपालले बताइन् । रोजगार नपाएर बसेका अति विपन्न परिवारलाई मात्र राहत वितरण गरिने समेत उनले जानकारी दिइन् ।

शिवसताक्षी नगरपालिकाको कोरोना कोषमा करिब ३९ लाख मौज्दात

कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि स्थापना गरिएको कोषमा शिवसताक्षी नगरपालिकामा भएको हालसम्मको आय व्यय सार्वजनिक गरिएको छ । उक्त कोषमा जम्मा रकम – ९०,२५,५४६।–प्राप्त भई जम्मा खर्च – ५१,५३,५७५।– भएको र मौज्दात रकम – ३८,७१,९७१।– पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो ।

Posted by SajhaManch.com on Tuesday, 9 June 2020

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *