Sajhamanch Archive

नक्कली सेनिटाइजर बनाएर बिक्री गरेको आरोपमा दुई  जना पक्राउ

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, समाज by .

काठमाडौं । काठमाडौंबाट नक्कली सेनिटाइजर बनाई बिक्री वितरण गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले भारत घर भई खुसिबु नयाँ बजार बस्ने अब्दुल मनान र कलंकी घर भएका प्रदिप उपाध्यायलाई ठुलो मात्रामा नक्कली सेनिटाइजर बनाउने कच्चा पदार्थसहित पक्राउ गरेको हो । उनीहरुसँगै २ वटा ट्याक्सी समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरुबाट स्यानिटाइजर बनाउन प्रयोग गरिने ३२ सय ९० लिटर कच्चा पदार्थ पनि बरामद गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख दिपक थापाले जानकारी दिए । साथै ८ बोतल (जम्बो) र साना बोतलमा राखिएको ५ लिटर स्यानिटाइजर समेत बरामद गरिएको थापाले बताए । उनीहरुले लकडाउनका बेला कस्मेटिक सामानको आवरणमा नक्कली सेनिटाइजर बनाएर बिक्री गर्ने गरेको प्रहरीको आरोप छ ।

स्रोत : रातोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *