Sajhamanch Archive

भक्तपुर अस्पतालमा मृत्यु भएकी सुत्केरीको पीसीआर रिपोर्ट नेगेटिभ

Published: (Updated: ) in मिडियाबाट साभार, समाज, स्वास्थ्य by .

काठमाडौं । भक्तपुर अस्पतालमा मृत्यु भएकी सुत्केरीको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

आइतबार राति छोरालाई जन्म दिएपछि सिन्धुपाल्चोकको लिसंखु गाउँपालिका–३ घर भई चाँगुनारायण नगरपालिका बस्दै आएकी ३६ वर्षीया महिलाको मृत्यु भएको थियो ।

उनको मृत्यु भएपछि अस्पतालले आरडीटी टेस्ट गरेको थियो । आरडीटी टेस्टको रिपोर्ट पोजेटिभ आएपछि अस्पतालले पीसीआर परीक्षणका लागि उनको स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाएको थियो । भक्तपुर अस्पतालका अनुसार उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो ।

अस्पताल आउँदा नै महिलामा खोकी, श्वासप्रश्वासमा समस्या देखिएको र स्वास्थ्य परीक्षण गर्दा उनको छातीमा समेत खराबी देखिएको अस्पतालले जनाएको छ । डेलिभरी पश्चात अचानक उनमा श्वासप्रश्वासमा समस्या देखिन गई शरीरमा अक्सिजनको मात्रा कम भएर उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

नवजात शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।अस्पतालका अनुसार मृतकका आफन्त र उनको उपचारमा संलग्न चिकित्सकहरुलाई भक्तपुरस्थित खरिपाटी क्वारेन्टिनमा राखिएको र पीसीआर परीक्षणका लागि स्वाब संकलन गरी टेकु पठाइएको छ ।

अस्पतालको सेवा क्षेत्रलाई निर्मलीकरण गरेर पुनः सुचारु गर्ने जानकारी समेत अस्पतालले दिएको छ ।

स्रोत : अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *