Sajhamanch Archive

एनएमसीको शनिश्चरे शाखाको भवन उद्घाटन

Published: (Updated: ) in सहकारी by .

शनिश्चरे । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) ले शनिश्चरेमा आफ्नै नवनिर्मित भवनबाट सेवा सुरु गरेको छ ।

२०६९ बैशाख १ गतेबाट शनिश्चरे क्षेत्रलाई आफ्नो नवौँ शाखाको रुपमा सेवा दिन सुरु गरेको एनएमसीले आइतबारदेखि आफ्नै अत्याधुनिक र सुविधा सम्पन्न भवनबाट सेवा प्रारम्भ गरेको हो ।

नयाँ भवन प्रवेशका क्रममा र्यालीको आयोजना गरिएको थियो । र्यालीमा पञ्चकन्या, पञ्चेबाजा, गुरु ब्राह्मण, वटुकहरुको स्वस्ती वाचन गर्दै पुरानो कार्यालयबाट नयाँ भवनमा प्रवेश गरिएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष रामचन्द्र उप्रेती, सञ्चालक समिति सदस्यहरु डम्बरबहादुर बस्नेत, भगवती घिमिरे, संस्थाका वरिष्ठ प्रबन्धक सूर्यप्रसाद मैनाली, संस्था अन्तर्गतका विषयगत समिति, कार्यालयगत समिति, एकाइगत समितिलगायतका पदाधिकारीको उपस्थिति रहेको थियो ।

एनएमसी शनिश्चरे कार्यालयगत समिति संयोजक धर्मानन्द गुरागाईँको स्वागत रहेको कार्यक्रमको सञ्चालन शनिश्चरे कार्यालयका कार्यालय प्रमुख अरुणकुमार प्रधानले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *