Sajhamanch Archive

लकडाउनमा सीप सिक्दै कमलका महिला

Published: (Updated: ) in समाज, स्थानीय तह by .

कमल । आज लकडाउन भएको ७८ औं दिन भएको छ । यो समयमा अधिकांश परुष होस वा महिलाले सामाजिक संजालमा चलाएर र टिकटक बनाएरै दिन विताएका छन् ।

तर झापाको कमल गाउँपालिका वडा नम्वर ३ का महिलाहरुले भने लकडाउन सीप सिकेर आत्म निर्भर बन्नमा समय सदुपयोग गरिरहेका छन् ।

कमल गाउँपालिका ३ स्थित उद्यमशिल महिला जागरण केन्द्रले महिलाको क्षमता अभिवृद्धिका लागी विभिन्न सीपमुलक तालिक प्रदान गरिरहेको छ । सस्था द्वारा सन्चालित ३ महिले निशुल्क ढाका बुनाई तालिममा आफुले सिकेका सीपलाई अव व्यवहारमा उतार्ने र आफु व्यवसायिक बन्ने तालिममा सहभागी बबिता वाग्लेले बताइन् ।

अन्य समयमा अलिधेरै व्यस्त हुन्थे अहिले लकडाउनले गर्दा फुर्सद मिलेको छ । यो समयलाई मैले सीप सिक्नमा सदुपयोग गरे उनले भनिन् । अब यसलाई व्यवसायिक रुपमा अगाडी बढाउने सोचमा छु । तर महिलालाई व्यवसाय सुरुको अवस्थामा अलि समस्या हुने गर्छ यसमा अग्रजहरुको सहयोग पाएमा अवश्य सफल हुने अर्की सहभागी विमला सेर्पाले बताइन् ।

गाउँपालिकाकामा रहेका विपन्न र पिछडीएका महिलाहरुलाई सीप सिकाएर आत्मनिर्भर बनाउन तालिम दिइएको उद्यमशिल महिला जागरण केन्द्रलकी अध्यक्ष शान्ता दाहालले बताइन् ।

पछिल्लो समय ढाकाबाट निर्माण गरिएको बस्तुहरुको माग बढेकाकाले पनि गाउँपालिकाले महिलाहरुलाई तालिम दिइएको कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्लले बताइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *