Sajhamanch Archive

हिरासतभित्रै युवक मृत्त फेला, प्रहरी कार्यालयमा ढुङ्गामुढा गर्दै सडक अवरुद्ध

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

धनुषा  । धुनषाको सबैला इलाका प्रहरी कार्यालयको हिरासतभित्रै एक युवक मृत्त फेला परेको विषयलाई लिएर स्थानीयले प्रहरी कार्यालयमा ढुङ्गामुढा गर्नुका साथै सडक अवरुद्ध पारेका छन् ।

प्रहरी हिरासतभित्रै सबैला नगरपालिक–१२, बरकुर्बाका २३ वर्षीय शम्भु सदा झुण्डिएको अवस्थामा मृत फेला परेपछि स्थानीयले प्रहरी चौकीमा ढुङ्गामुढा गरेका हुन् ।

घटना छानबिनको माग गर्दै स्थानीयले प्रहरी कार्यालयमा ढुङ्गामुढा गर्नुका साथै प्रहरी भ्यान समेत तोडफोड गरेका छन् । अहिले आन्दोलित स्थानीयले बरकुर्बा सडक बन्द गरेर विरोध प्रदर्शन गरिरहेका छन् ।

सदा मंगलबार विहान २ बजे शौचालयमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेको धनुषाका प्रहरी नायब उपरीक्षक रमेश्वर कार्कीले जानकारी दिएका छन् । मृतक ट्याक्टर चालक हुन् ।

सवारी दुर्घटना मुद्दामा यही जेठ १२ गते उनलाई पक्राउ गरी हिरासतमा राखिएको थियो ।
सदाले किन आत्महत्या गरे भन्ने विषयमा अहिलेसम्म केही कारण खुल्न सकेको छैन । शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएको प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *