Sajhamanch Archive

कचनकवलका स्वास्थ्यकर्मी आन्दोलित

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by .

कचनकवल । कोरोना संक्रमणको प्रमुख केन्द्रका रूपमा देखिएको कचनकवल गाउँपालिका भित्र काम गर्ने स्वास्थ्यकर्मीको कामको प्रोत्साहन गर्नु पर्ने स्थानीय सरकारले दिने भनिएको भत्ता समेत कटौती गरेपछि आन्दोलन सुरू भएको छ ।

प्रदेश नम्बर १ को कोरोना संक्रमणको प्रमुख केन्द्र बनेको झापाको कचनकबल गाउँपालिकाका स्वास्थ्यकर्मी जोखिम मोलेर गरिरहेको काम वापतको भत्ताको माग गर्दै संघर्षमा उत्रिएका हुन् ।

कचनकबल प्रदेश १ कै सबै भन्दा बढी संक्रमित भएको पालिका हो । झापामा कोरोना संक्रमित १ सय ४८ मध्ये कचनककल गाउँपालिकामा मात्र १ सय १४ जना संक्रमित रहेका छन् ।

संक्रमितको संख्या प्रतिदिन बढ्दै गएको बेला स्वास्थ्यकर्मीको कामप्रति दिनप्रतिदिन जोखिम बढेको भन्दै गाउँपालिकाका स्वास्थ्यकर्मी र कर्मचारी असन्तुष्ट भएर आन्दोलनमा हुमिएका छन् । उनीहरु संघर्ष समिति बनाएर आन्दोनमा उत्रिएका हुन् । कचनकबल गाउँपालिकाका स्वास्थ्यकर्मीको मंगलबार बनियानी स्वास्थ्य केन्द्रमा भएको भेलाले ६ बुँदे माग राखेर संघर्षका कार्यक्रम घोषणा गरेको थियो ।

स्वास्थ्यकर्मीको संयुक्त संघर्ष समितिले कर्मचारीले खाईपाई आएको तलवमा चैतमहिनादेखि सतप्रतिशत भत्ताको व्यवस्था हुनु पर्ने माग अगाडि सारेका छन् । मागपत्रमा पिसिआर नमूना संकलन र ल्याबका कर्मचारी, कन्ट्रायक ट्रेसिङमा जाने सिआइसिटी र आरआरटिएममा खटिएका कर्मचारीलाई खाजा, खाना र यातायात खर्च वापत दैनिक एक हजार भक्ता हुनु पर्ने उल्लेख छ ।

मागपत्रमा एम्बूलेन्स चालकको बीमा हुनु पर्ने, कोभिड कार्यमा संलग्न स्वास्थ्यकर्मी र कर्मचारीको मृत्यु भएमा मृतकका छोरोछोरीलाई उच्चशिक्षा अध्ययनको प्रवन्ध हुनु पर्ने र कोरोना संक्रमितलाई आइसोलेसनसम्म लिएर जाने चलकको बीमा र दैनिक एक हजार भक्ता हुनु पर्ने माग गरेका छन् ।

संघर्ष समितिले मंगलबार गाउँपालिका, प्रदेश सरकार, प्रहरी कार्यालय, वडा कार्यालय लगायतका विभिन्न संघ संस्थालाई मागपत्रका सम्बन्धमा जानकारी गराएका छन् । जेठ २८ गते बुधबार सबै स्वासथ्यकर्मी र कर्मचारीले हातमा कालोपट्टी बाँधेर काम गरेका छन् ।

जेठ २९ गते बिहान १० देखि ११ बजेसम्म आकस्मिक बाहेकका सबै सेवा बन्द गरी गाउँपालिकामा धर्ना दिने र जेठ ३० गते पनि २ घण्टा सेवा बन्द गरी गाउँपालिकामा धर्ना दिने कार्यक्रम रहेको छ । यसैगरी जेठ ३२ गतेदेखि आकस्मिक बाहेकका सबै सेवा बन्द गरी गाउँपालिकामा धर्ना दिने कार्यक्रम घोषणा गरेका छन् ।

संघर्ष समितिले पटक पटक गाउँपालिकालाई लिखित रूपमा मागपत्र दिएको र सुनवाई नभएपछि संघर्षमा उत्रन बाध्य भएको संघर्ष समितिका संयोजक जागेश्वर यादवले बताए ।

गाउँपालिका अध्यक्ष अन्जार आलमले स्वास्थ्य क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीलाई खाइपाई आएको तलब भत्ताको २५ प्रतिशित उपलब्ध गराएको बताए । उनले बजेट बनाउने बेलामा चैत देखिको सतप्रशित भत्ता खुवाउन सम्भव नहुने बताए ।

कचनकबल गाउँपालिकामा १५ बेडको बनियानी स्वास्थ्य केन्द्र छ । स्वास्थ्य केन्द्रमा एक जना एमबिबिएस चिकित्सक छन् । सात वडामा ७ वटा स्वास्थ्य चौकी रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *