Sajhamanch Archive

कनकाई नगरपालिकामा पनि भेटिए तीन जना कोरोना संक्रमित

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

बिर्तामोड । कनकाई नगरपालिकामा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ । कनकाई नगरपालिकाको कनकाई बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेका तीन जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरु कनकाई नगरपालिका वडा नम्बर ३ र ५ का स्थानिय रहेको जनाइएको छ । उनीहरु १६, १७ र ३५ वर्षका पुरुष रहेको स्रोतले जनाएको छ । तीनै जनाको कोशी अस्पतालमा गरिएको परिक्षणबाट कोरोना पुष्टि भएको हो । उनीहरु भारतबाट आएका हुन् ।

गौरादह र मेचीनगर कोरोना संक्रमित थपिएका छन् । मेचीनगरमा यसअघि एक जनामा संक्रमण फेला परेको थियो । थप अर्को जनामा पनि संक्रमण भेटिएको हो ।

मेचीनगर–३ को बलभद्र आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेका ३४ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको वडाध्यक्ष हर्क बस्नेतले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *