Sajhamanch Archive

शिवसताक्षी नगरपालिकालाई दलित अधिकार समन्वय समितिको सुझाब पत्र

Published: in राष्ट्रिय समाचार, समाज by .

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा दलित अधिकार समन्वय समिति शिवसताक्षीले पाँच बुद्दे सुझाब पत्र बुझाएको छ ।

आगामी नीति तथा बजेट निर्माण दलितका हक अधिकार, सुचिश्चित गर्न पाँच बुद्दे सुझाब पत्र नगर प्रमुख चन्द्र सेर्मालाई दलित अधिकार समन्वय समितिले बुझाएको हो ।

समितिले प्रमुखको संयोजकत्वमा उच्च स्तरीय संयन्त्र गठन गर्नु पर्ने, नगर स्तरीय दलित विकास समिति गठन गर्नु पर्ने, जेष्ठ २१ को छुवाछुत मुक्त दिवश नगर स्तरीय रुपमा नगरपालिकाले मनाउने व्यवस्था गर्नु पर्ने, नगर भित्रका सबै वडाहरुमा १५ प्रतिशत बजेट दलित हितका लागि छुट्याउने व्यवस्था गर्नु पर्ने र नगरपालिकाको कार्यक्रममा छुवाछुत तथा जातिय विभेद अन्त्य गर्न विशेष कार्यक्रमको आयोजना गर्नु पर्ने आगामी बजेट निर्माणमा समेट्नु पर्ने सुझाब पत्रमा उल्लेख छ ।

त्यस्तै गरी दलित अधिकार समन्वय समितिले विभिन्न शीर्षकमा बजेट समेत माग गरेको छ । आ.व. ०७७÷०७८ को बजेट १७ लाख ५० हजार रकम माग गरिएको छ ।
समितिले सामाजिक सांस्कृति विकास, शैक्षिक विकास र अन्य विविध कार्यक्रमका लागि उक्त बजेट माग गरिएको सुझाब पत्रमा उल्लेख गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *