Sajhamanch Archive

मुस्ताङमा भेटियो २५०० वर्ष पुरानो कंकाल

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

मुस्ताङ । दुई दशकअघि मुस्ताङमा प्राचीन नरकंकाल सामान्य कोठामा बाकसभित्र राखिएको छ । नेपाली र जर्मन पुरातत्त्वविद्हरूले उक्त कंकललाई तल्लो मुस्ताङमा सन् १९९० को दशकमा भेटाएका हुन् ।

नेपाली र जर्मन पुरातत्त्वविद्हरूले मेब्राकस्तिथ गुफामा १९९२ देखि १९९४ बीचमा भेटाएका थिए । उक्त गुफा प्राचीन कालमा मानवका शवहरू विसर्जन गर्न प्रयोग भएको अनुसन्धानले देखाएको छ ।

वैज्ञानिक अध्ययनपछि यो छ महिने बालकको २,५०० वर्ष पुरानो अवशेष अर्थात् परिरक्षित ‍शरीर भएको पत्ता लागेको छ । पुरातात्विक महत्व को उक्त ६ महिने बालकको कंकललाई अहिले एउटा सामान्य कोठामा बाकसभित्र राखिएको छ ।

उचित पूर्वाधार नभएकाले उक्त अवशेषलाई प्रदर्शनीमा राख्न नसकिएको पुरातत्व विभागको भनाइ छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *