Sajhamanch Archive

विमान चालक ‘पाईलट’ पनि मापसेमा परेपछि..!

Published: (Updated: ) in मिडियाबाट साभार by .

खाडी राष्ट्र युनाइटेड अरब इमिरेट्स(यूएई) को दुबई जान ‘फ्लाई दुबई एअरलाइन्स’को एउटा जहाज तयारी अवस्थामा छ। एक सय ५४ यात्रु ‘बोर्डिङ पास’ लिएर उड्न तम्तयार छन्।

फ्लाई दुबईको उडान नम्बर ‘एफजेड ८०१८’ रहेको ‘बि ७३७–८००सिरिज’को १७४ सिट रहेको उक्त जहाज कमान्ड थरेर दुबई लैजान क्याप्टेन नादेर हुसेन एक घण्टाअघि त्रिभुवन विमानस्थल पुगे। तर उनको हिँडाइ र बोलाइ लरबरिएको र असामान्य थियो।

विमानस्थलमा काम गर्ने फ्लाई दुबईका नेपाली ‘ग्राउन्ड स्टाफ’हरूले जहाजको कमान्ड गर्ने क्याप्टेनको अवस्था असामान्य देख्नासाथ ‘क्याप्टेनले मादक पदार्थ सेवन’ गरेको पत्तो पाइहाल्छन् र तुरुन्तै विमानस्थल व्यवस्थापनलाई खबर गरी ‘मापसे परीक्षण गर्नुपर्ने भन्दै निवेदन दिन्छन्।

त्यसपछि विमानस्थलका एक कर्मचारी फ्लाई दुबईका कर्मचारीको निवेदन लिएर विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीकहाँ पुग्छन्। सबै कुरा बुझेपछि क्षेत्री उड्डयन सुरक्षा नियमअनुसार कारबाही अघि बढाउन निर्देशन दिन्छन्।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *