Sajhamanch Archive

कुवेतबाट काठमाडौं आइपुगे तीन सय नेपाली

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । कुवेतमा रहेका तीन सय नेपाली आज (बिहीबार) उद्धारपछि काठमाडौं आइपुगेका छन् । उनीहरु एयरबस ए ३२०–२५१ एन दुई जहाजमा तीन सय नेपालीहरु स्वदेश फर्किएका हुन् ।
नेपाली महिला लिएर जजिरा एयरवेजका जहाजहरु नेपाल आएका हुन् ।

साढे ११ बजे आइपुगेको एयरवेजको पहिलो जहाज काठमाडौंबाट कुवेत फर्किएको छ भने अर्को जहाज भर्खरै त्रिभुवन विमानस्थलमा अवतरण भएको छ । उनीहरुलाई नेपाली सेनाले धमाधम प्रदेश अनुसार होल्डिङ सेन्टर लगिरहेको छ ।

त्यसपछि होटल क्वारेन्टिनमा बस्नेलाई होटलमा र अफ्नो घर फर्कनेलाई सम्बन्धित प्रदेश तथा स्थानीय तहको समन्वयमा पठाइने छ । उनीहरु १४ दिन सरकारले निर्धारण गरेको क्वारेन्टिनमा बस्नुपर्नेछ ।

कुवेतले बिना जरिवाना स्वदेश फर्किन पाउने गरी अस्थायी क्याम्प र डिपोर्टटेसन सेन्टरमा राखिएका नेपालीलाई आफ्नै खर्चमा दैनिक दुईटा विमानमार्फत नेपाल पठाउन नेपाल सरकारसमक्ष प्रस्ताव राखेको थियो ।

अस्थायी क्याम्प र डिपोर्टटेसन सेन्टरमा २ हजार ९ सय ९१ नेपाली छन् । तीमध्ये १ हजार ६ सय ८८ पुरुष र १ हजार ३ सय ३ महिला छन् । कुवेत सरकारका अनुसार यी सबै नेपाली नेपाल फर्काउन कम्तीमा २० उडान गराउने तयारी छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *