Sajhamanch Archive

खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु

Published: in मिडियाबाट साभार, समाज by .

रुपन्देही । रुपन्देहीमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मायादेवी गाउँपालिका वडा नं.६ खजुरीयाका ४० वर्षीय रामदेव यादव रहेका छन् ।

खेत जोत्ने क्रममा लु ४ त ४६७६ नम्बरको ट्याक्टर अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा उनी गम्भीर घाइते भएका थिए । घाइते यादवलाई उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्रोत : अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *