कोरोना निको भएर धरानबाट ३० जना डिस्चार्ज
Published:
by .विराटनगर । बिहीबार प्रदेश १ मा आठ जना संक्रमित थपिए भने ३० जना डिस्चार्ज भएका छन् ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा रहेका ३० जना कोरोना भाइरस संक्रमण निको भएर घर फर्किएका छन् ।
१८ देखि ४५ वर्ष उमेर समुहका ३० जना डिस्चार्ज भएको प्रतिष्ठान धरानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । उनका अनुसार अब अस्पतालमा ३२ जना उपचारत छन् । यो सँगै धरानबाट डिस्चार्ज हुनेको संख्या ९२ पुगको छ । प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या १५५ पुगेको छ ।
बिहीबार नै झापा, सुनसरी र उदयपुरमा एकमहिलासहित आठजनामा कोरोना संक्रमण देखिएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३०४ रहेको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
स्रोत : अनलाइनखबर
Comments