Sajhamanch Archive

कोरोना निको भएर धरानबाट ३० जना डिस्चार्ज

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by .

विराटनगर । बिहीबार प्रदेश १ मा आठ जना संक्रमित थपिए भने ३० जना डिस्चार्ज भएका छन् ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा रहेका ३० जना कोरोना भाइरस संक्रमण निको भएर घर फर्किएका छन् ।

१८ देखि ४५ वर्ष उमेर समुहका ३० जना डिस्चार्ज भएको प्रतिष्ठान धरानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । उनका अनुसार अब अस्पतालमा ३२ जना उपचारत छन् । यो सँगै धरानबाट डिस्चार्ज हुनेको संख्या ९२ पुगको छ । प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या १५५ पुगेको छ ।

बिहीबार नै झापा, सुनसरी र उदयपुरमा एकमहिलासहित आठजनामा कोरोना संक्रमण देखिएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३०४ रहेको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

स्रोत : अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *