Sajhamanch Archive

एम्बुलेन्स दुर्घटना हुँदा तीनजना घाइते

Published: in मिडियाबाट साभार, समाज by .

बैतडी । जयपृथ्वी राजमार्गको खोडपे–बझाङ सडकखण्डको विन्द्रावनमा बिहीबार राति एम्बुलेन्स दुर्घटना हुँदा तीनजना घाइते भएका छन्।

घाइते हुनेहरुमा पुर्चौडी नगरपालिका वडा नं.५ का ५५ वर्षीय दिलबहादुर कुँवर, उनकी ४५ वर्षीया श्रीमती बेलमती र २० वर्षीय छोरा रोहित रहेका छन्। घाइतेमध्ये दिलबहादुर र बेलमतीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।

उनीहरु सबैलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ। धनगढीदेखि पुर्चौडी नगरपालिका जाँदै गरेको म १ झ ११३ नम्बरको एम्बुलेन्स राति ९ बजे सिगास गाउँपालिका वडा नं.१ विन्द्रावनमा दुर्घटनामा परेको हो।

एम्बुलेन्स सडकबाट २०० मिटर तल खसेको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन। एम्बुलेन्समा चालकसहित चारजना सवार रहेका प्रहरीले जनाएको छ।

स्रोत : थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *