Sajhamanch Archive

डुङ्गा दुर्घटनामा मृत्यु हुने आप्रवासीको सङ्ख्या ४८ पुग्यो

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार by .

एजेन्सी । आप्रवासी शरणार्थी बोकेर इटालीतर्फ गइरहेको एउटा डुङ्गा ट्यूनिसियामा दुर्घटना हुँदा कम्तीमा ४८ जनाको मृत्यु भएको ट्युनिसियाको रक्षा मन्त्रालयले बिहीबार जानकारी गराएको छ ।

मृत्यु हुनेमा अधिकांश महिलाहरू रहेका बताइएको छ । दुर्घटना गत मङ्गलबार भएको थियो । ट्युनिसियाको बन्दर्गाह शहर स्फाकमा भएको दुर्घटनाबारे स्थानीय माझीहरूले सुरक्षाकर्मीलाई जानकारी गराएका थिए ।

बिहीबारको खोजीमा थप १३ जनाको मृतशरीरलाई सामुद्रिक तट क्षेत्रबाट उद्धार गरिएको हो । डुङ्गामा यात्रारत हराइरहेका अन्य यात्रुहरूको खोजीकार्य भइरहेको छ ।

स्रोत : रातोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *