Sajhamanch Archive

नेपालको भूमि रहेको तथ्य प्रमाण संकलन गर्न विज्ञ समूह गठन

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं  । सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेकको नेपालको भूमि रहेको विषयमा तथ्य प्रमाण संकलन गर्न विज्ञ समूह गठन गरेको छ ।

बिहीबार भएको मन्त्रिपरिषद्को बैठकले डा. विष्णुराज उप्रेतीको नेतृत्वमा विज्ञ समूह गठन गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए ।

समूहको सदस्यमा सूर्यप्रसाद सुवेदी, रमेश ढुंगेल, विपीन अधिकारी, जगत् भुुसाल, तोयानाथ बराल, हिमालय थापा, अप्सरा चापागाईं र रामप्रसाद सुवेदी रहेका छन् ।

यसअघि जेठ ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ७ जेठमा नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *