Sajhamanch Archive

कोरोना कहरका बीच शिवतसाक्षीको एक विद्यालय सञ्चालनमा

Published: (Updated: ) in मुख्य समाचार, शिक्षा, समाज by .

शिवसताक्षी । कोरोना भाइरसको संक्रमणले विश्व नै आक्रान्त बनेको र देशै भर विद्यालय बन्द भएको अवस्थामा शिवसताक्षीको एक विद्यालय सञ्चालनमा आएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ३ स्थित शान्ति आधारभूत विद्यालयमा भने पठन पाठन भइरहेको पाइएको हो ।

विद्यालयमा न्यूनतम सामाजिक दुरी कायम गरी विद्यार्थीलाई अध्यापन गराउन थालिएको छ ।

अभिभावक विषय शिक्षक तथा सरोकारवालाहरुको समन्वयमा आलोपालो गर्दै सरकारले भनेको न्युनतम सामाजिक दुरी कायम गर्दै एक विद्यार्थी हप्तामा २ दिन अध्ययनको व्यवस्था मिलाएको प्रअ विष्णु भट्टराईले जानकारी दिए ।

उनले विद्यार्थी विद्यालयमा प्रवेश भएपछि साबुन पानीले हात धुने र सबै विद्यार्थीले सेनिटाइजर र माक्स प्रयोग गरी कक्षाकोठामा सरकारले तोकिएको सामाजिक दूरी कायम गरी राखेर पढाइने बताए ।

पढाईको साथसाथै विद्यार्थीलाई कोरोना भाइरस सम्बन्धि सचेतना समेत दिइने गरेको छ । विद्यार्थीलाई कोरोना भाइरसको बारेमा सचेत गराउँदा गाउँमा लुकीछिपी नेपाल प्रवेश गरेका कोही व्यक्ति देखे शिक्षकहरुलाई जानकारी गराउन समेत विद्यार्थीहलाई सचेत गराइएको प्र.अ. भट्टराईले बताए ।

त्यस्तै, शिवसताक्षी नगरपालिका वडा नं. ३ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुण्यप्रसाद सापकोटाले अभिभावकको चाहना अनुसार नै विद्यालय सञ्चालन गरेको जानकारी दिए । लकडाउन लामो समय भएका कारण विद्यार्थीहरु गाउँघरमा खेल्न जाने जानी नजानी कुलतमा फस्ने, गर्मीको समय भएकाले नहर, खोलाखोल्सामा पौडी खेल्न जाने भएकाले घरमा बस्दा झनै जोखिम हुने भन्दै अभिभावकहरुको अनुरोधमा विद्यालयमा निर्णय गरी अत्यन्तै सुरक्षित तवरले विद्यालय सञ्चालन गरेको उनीहरुको भनाई छ । विद्यालयका शिक्षकहरु यस कार्यप्रति आफूहरु सन्तुष्टि रहेको बताउँछन् ।

विद्यालय सञ्चालनमा आएको खबर पाएपछि नेपाल रेडक्रस सोसाइटी उपशाखा शिवसताक्षीले विद्यालयको अनुगमन गरेको छ । रेडक्रस शिवसताक्षीका अध्यक्ष नारायण दाहाल, सचिव गोविन्द काफ्लेले विद्यालय अनुगमन गरेका थिए । समाजसेवी काफ्लेले रेडक्रम उपशाखा शिसताक्षीलाई उपलब्ध गराएको १० थान सेनेटाइजर सोही विद्यालयका प्र.अ. विष्ण भट्टराईलाई हस्तान्तरण गरिएको सचिव काफ्लेले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *