Sajhamanch Archive

सभापति देउवालाई डिएलएको महाधिवेशनमा अर्को झड्का

Published: (Updated: ) in राजनीति by .

काठमाडौं ।  यस अघि तीनवटा जनबर्गीय संगठनमा आफ्नो पक्षले नराम्रो पराजय  भोगेका देउवाको नियती फेरि दोहोरिएको छ ।   कांग्रेस निकट कानून ब्याबसायीहरुको संगठन डिएलको निर्वाचनमा देउवा निकट  अधिकांस उम्मेदवार पराजित भएका छन् ।

सो संगठनको  अध्यक्षमा महामन्त्री शशंक कोइराला र कृष्ण सिटौला निकट  योगेन्द्र बहादुर अधिकारी निर्वाचित भएका छन् । निकटम प्रतिद्वन्द्वी सिताराम केसीलाई ९४ मतान्तरले पराजित गर्दै अधिकारी अध्यक्ष पदमा विजयी भएका हुन् । पराजित केसी बरिष्ठ नेता रामचन्द्र पौडेलको प्यानलबाट उठेका थिए । सभापति शेरबहादुर देउवाको गुटबाट भने रामकुमार श्रेष्ठ र केदार कार्की अध्यक्ष पदको उम्मेदवार बनेका थिए ।

नवलपरासीको गैँडाकोटमा भएको १० औं महाधिवेशनले बरिष्ठ उपाध्यक्षमा भने सुरेस पौडेललाई निर्वा्चित गरेको छ । उनी पनि कोइराला र सिटौलाको प्यानलबाट उम्मेदवार बनेका थिए । कांग्रेसका शीर्ष नेताहरुको प्रत्यक्ष निगरानीमा निर्वाचन भएको थियो ।

सोमबार बिहान सार्वजनिक भएको मतपरिणाम अनुसार महासचिवमा लक्ष्मीदेवी दाहाल रावल, खुल्ला सचिवमा खड्गबहादुर बुढाथोकी , महिला सचिवमा विष्णु बस्याल र कोषध्यक्षमा शोभा खतिवडा कोइराला विजयी भएका छन् ।

४३ पदका लागि भएको निर्वाचनमा १८ जना निर्विरोध निर्वाचित भएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *