Sajhamanch Archive

हिंसात्मक प्रदर्शनले देशको प्रतिष्ठामा ठुलो चोट लाग्यो: अमेरिकी राष्ट्रपति ट्रम्प

Published: in मिडियाबाट साभार, विश्व समाचार by .

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुलुकमा पछिल्लो २ हप्ताभित्र भएको हिंसात्मक प्रदर्शनले देशको प्रतिष्ठामा ठूलो चोट पुर्याएको बताएका छन् । पछिल्ला २ हप्तामा निकै मानिसहरु मरेको बताउँदै यो निकै डरलाग्दो र अनुचित भएको उनले बताए । पछिल्ला २ हप्ता अमेरिकाका लागि निकै खराब अवस्थाबाट गुज्रिएको बताउँदै उनले आफुले फेरि यस्तो हेर्न नचाहेको बताए ।

डरलाग्दो ढंगले हिंसात्मक गतिविधिमा उत्रिएका प्रदर्शकारीहरुको बढ्दो दबाबका कारण राष्ट्रपति ट्रम्पले अमेरिकी प्रहरीको सुधारमा सहमति जनाइसकेका छन् । राष्ट्रपति ट्रम्पले डलासको एक बैठकलाई सम्बोधन गर्ने क्रममा भने– ‘हरेक बालबालिकाको हिंसा र डरमुक्त समाजमा बाँच्ने र बढ्ने अधिकार हुन्छ ।

कानुनी व्यवस्थालाई कायम राख्ने प्रक्रियामा केही व्यक्तिहरुले समस्या खडा गरिरहेका छन् र गर्न सक्छन्’ उनले भने– यो अवस्थामा सबै पुलिस अधिकारीहरुलाई नराम्रो दृष्टिकोणले प्रस्तुत गर्नु पनि अनुचित हो ।’ स्मरणरहोस् मे २५ मा मिनियापोलिसमा प्रहरी हिरासतमा अश्वेत नागरिक जर्ज फ्लोडको घाँटी थिचेर हत्या गरिएको भिडियो सार्वजनिक भएपछि देशव्यापी हिंसात्मक प्रदर्शन भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *