Sajhamanch Archive

विश्वमा ३९ लाखले जिते कोरोना, ७७ लाख नाघ्यो संक्रमितको संख्या

Published: (Updated: ) in विश्व समाचार, स्वास्थ्य by .

काठमाण्डौं । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसलाई पराजित गर्नेको संख्या ३९ लाख नाघेको छ ।

७७ लाख २५ हजार ९ सय बढी संक्रमित मध्ये ३९ लाख १९ हजार ३ सय २४ जनाले कोरोना पराजित गरेका हुन ।

संक्रमण पुष्टि भएका मध्ये ४ लाख २७ हजार ६ सय ८९ जनाको मृत्यु भएको वल्डोमिटरले जनाएको छ ।

संक्रमित मध्ये ३३ लाख ७८ हजार ९ सय उपचार गराइरहेका छन् । ती मध्ये ३३ लाख २५ हजार मानिस सामान्य अवस्थाका छन् । ५३ हजार ८ सय जना गम्भिर अवस्थाका छन् । गम्भिर अवस्थाका विरामीको संख्या २ प्रतिशत छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *