Sajhamanch Archive

हृदयेश त्रिपाठीको समूह नेकपामा प्रवेश गर्ने तयारीमा

Published: (Updated: ) in राजनीति by .

काठमाडौं ।तत्कालीन एमालेको सूर्य चिन्ह लिएर चुनाव लडेको हृदयेश त्रिपाठीको समूह नेकपामा प्रवेश गर्ने भएको छ । नेपाल कम्युनिस्ट  पार्टी (नेकपा) ले यसका लागि तयारी गरेको छ ।

यस बिषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार राति अवेर सम्म  सचिवालयको बैठक बस्यो । बैठकले त्रिपाठीसँग पार्टी एकीकरण गर्ने  र छलफल अगाडि बढाउने निर्णय गरेको सचिवालय सदस्य वामदेव गौतमले जानकारी दिए ।

स्वतन्त्र राजनीतिक समूहका नाममा तत्कालीन एमालेको सूर्य चिन्हबाट  चुनाव लडेका त्रिपाठी र बृजेशकुमार गुप्ता अहिले  पनि कानूनी हैसियतमा सांसद छन् । यद्यपी उनीहरु पार्टी प्रवेश भने गरेका थिएनन् ।

उनीहरुलाई पार्टी प्रवेश गराउने बिषयमा प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष प्रचण्डले त्रिपाठीसँग छलफल गरेका छन् । पार्टी एकीकरण कहिले र कसरी गर्ने भन्नेमा टुंगो लागेको छैन । संसद त्रिपाठीले पनि छलफल भएको भएपनि कुनै निष्कर्षमा पुग्न बाँकी रहेको बताए ।

श्रोतका अनुसार, सांसद त्रिपाठीलाई कुनै संसदीय सुनुवाई समितिको सभापति बनाउने तयारी पनि नेकपाको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *