Sajhamanch Archive

लकडाउनमा प्रदेश नं १ मा भारतबाट साढे ९ हजार नेपाल आए नेपालबाट १७ हजार भारत गए

Published: (Updated: ) in समाज by .

विराटनगर  । प्रदेश नं १ मा लकडाउनपछि भारतबाट साढे ९ हजार नेपालीहरु स्वदेश फर्केका छन । नेपालबाट १७ हजार भारतीय नागरिकहरु आफनो देश फर्केका छन ।

लकडाउन अवधिको ३० जेठ सम्म भारतबाट ९ हजार ५ सय ४२ जना नेपाली स्वदेश नेपाल फर्केका छन । नेपालबाट १७ हजार ८८ जना भारतीयहरु आफनो देश भारत फर्केका छन ।

प्रदेश नं १ प्रहरी प्रबक्त्ता एसपी दिपक पोखरेलका अनुसार लकडाउनपछि प्रदेशका चारवटा मुख्य नाकाबाट नेपालीहरु भन्दा ७ हजार ५ सय ४६ जना बढी भारतीयहरु भारतर्फ गएका छन ।

२९ जेठ सम्मको लकडाउन अवधिमा झापाबाट ५ हजार ६ सय ८२ जना ईलामबाट ३सय ५ मोरङबाट २ हजार ५ सय४३ र सुनसरीबाट १ हजार १२ जना नेपालीहरु भारतबाट नेपाल फर्केका छन ।

यसैगरि नेपालबाट भारत जानेहरुमा इलामबाट २ जना झापाबाट १४ हजार ३ सय ४८ र मोरङबाट २ हजार ६ सय ९८ जना छन ।

प्रदेश नं १ मा सबैभन्दा धेरै झापाको काकडभिट्टा पानीटयांङकी र त्यसपछि मोरङको विराटनगर जोगबनी नाकाबाट मानिशहरु आउनेजाने गरिरहेका छन ।

प्रदेश नं १ मा झापाको काकडभिट्टा, मोरङको विराटनगर , सुनसरीको भण्टाबारी र इलामको पशुपतिनगर नाका लकडाउन अवधिका लागि आउनजान खुल्ला गरिएको छ ।

आउनेहरुलाई होल्डिङ एरियामा राखेर ज्वरो जाँचगरि सम्बन्धित जिल्ला मार्फत स्थानिय तहमा पठाउने गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *