Sajhamanch Archive

गौरीगञ्जका थप ३ जनामा कोरोना संक्रमण पुष्टि,

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

गौरीगंज । झापाको गारीगंज गाउँपालिकामा ३ जनामा आज थप कोरोना संक्रमण पुष्टि भएको छ ।

यो संगै गौरीगंजमा १५ जनामा कोरोना संक्रमितको संख्या १५ पुगेको छ । जसमध्ये ३ जनालउपचारपछि घर फर्किसकेका छन् ।

विराटनगर स्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा थ्रोट स्वावको परीक्षण गर्दा ४१ जना मध्ये ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

गौरीगंज गाउँपालिका वार्ड नं. ५ चिल्लाहारा घर भएका १७, २४, र २६ बर्षीय पुरूषहरूमा कारोना संक्रमण पुष्टि भएको जनाएको छ ।

भारतको लुधियानाबाट आई गौरीगंज गाउँपालिका वार्ड नं. ६ को खजुरगाछी माविको क्वारेन्टाइनमा रहेका मध्ये ३ जनामा कोरोना संक्रमण पुष्टि भएको गौरीगंज स्वास्थ्य शाखाका प्रमुख रामचन्द्र मिश्रले जानकारी गराएका छन् ।

गौरीगंज आईपुगेका उनीहरूसहित ६६ जनाको जेठ २८ गते थ्रोट र स्वावको नमुना संकलन गरी परिक्षणका लागि विराटनगर पठाईएको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *