Sajhamanch Archive

ग्यास लिक भएर रेष्टुरेन्टमा आगलागी

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by .

तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नं.४ स्थित टीका तास रेष्टुरेन्टमा ग्यास लिक भएर आगलागी भएको छ।

शनिबार करिब ११ बजे रेष्टुरेण्टमा आगलागी भएको हो। रेष्टुरेण्टमा रहेको तीन वटा टेबल, दुई वटा, फ्रिज, टिभीलगायत डेकोरेशनमा आगलागीबाट क्षति पुगेको छ। आगलागीबाट रेष्टुरेन्टको किचनका भाँडाकुडा, डेकोरेशन, टिभि र फ्रिज लगायतका सामग्रीमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक (डिएसपी) नवराज तिमिल्सिनाले जानकारी दिए।

तिमिल्सिनाका अनुसार आगलागीबाट करिब तीन लाख रुपैयाँ बराबरको क्षति पुगेको छ। आगलागीबाट मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। रेष्टुरेन्टमा सञ्चालक बाहिर रहेको र कामदार मात्रै रहेको अवस्थामा ग्यास लिक भएर आगलागी भएको सञ्चालक टीका सापकोटाले बताए।

व्यास नगरपालिकाको दमकल र सुरक्षाकर्मीको सहयोगबाट आगलागी नियन्त्रणमा आएको थियो।

स्रोत : थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *