Sajhamanch Archive

क्वारेन्टिनबाट निस्किएर सडकमा अवरोध, प्रहरीद्वारा हवाई फायर

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by .

रौतहट । समयमा पीसीआर रिपोर्ट नआएको भन्दै रौतहटको क्वारेन्टिनमा बसेका युवाहरूले सडक अवरुद्ध गराएका छन् ।

रौतहटको राजपुर नगरपालिकाको वडा नम्बर १ का तीन वटा क्वारेन्टिनमा बसेका ३०५ जनाले सडक अवरुद्ध गरेका हुन् । उनीहरू क्वारेन्टिनमा बसेको १८/२० दिन हुन लागिसकेको छ भने स्वाब संकलन गरेर पठाएको एक साता पुगेको छ । तर एकसातासम्म रिपोर्ट नआएपछि उनीहरू आन्दोलित भएका हुन् ।

समयमा रिपोर्ट नआएको विरोधमा बहुअर्वा र आधारभूत विद्यालयको क्वारेन्टिनमा बसेकाहरूले शनिबार गौर चपुर सडकखण्डको बहुअर्वामा सडक अवरुद्ध गरेका हुन् ।

वडाध्यक्ष शेख अरिरुल्लाह भन्छन्, ‘२४ गते काठमाडौं स्वाब पठाएका थियौं । रिपोर्ट आएको छैन । रिपोर्ट आउन ढिला भएको भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।’

उनीहरूलाई प्रहरीले रोक्न खोज्दा झडप भएको छ । क्वारेन्टिनमा बसेकाहरूले प्रहरीमाथि ढुङ्गामुढा गर्दै क्वारेन्टिन छोडेर भाग्न खाजेपछि अश्रुग्यास र हवाई फायर गरेको इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी ज्ञानकुमार महतोले बताए । प्रहरीले १४ सेल अश्रुग्यास र २ राउण्ड हवाई फायर गरेको छ ।

प्रर्दशनकारीले हानेको ढुङ्गा लागेर प्रहरी हवल्दार सुवोध सिंह घाइते भएका छन् । क्वारेन्टिनबाट भागेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर पुनः क्वारेन्टिनमै पुर्‍याएको छ ।

स्रोत : अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *