Sajhamanch Archive

अब भारतसँग वार्ता हुन्छ : प्रधानमन्त्री ओली

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अतिक्रमित भूभाग फिर्ताका लागि भारतसँग वार्ता अघि बढाउने बताएका छन् ।

लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्ने संविधान संशोधन विधेयक शनिबार प्रतिनिधिसभाबाट पास भएपछि प्रधानमन्त्री ओलीले भारतसँग चाँडै वार्ता हुने बताएका हुन् ।

संविधान संशोधनपछि अबको कदम के हुन्छ भन्ने प्रश्नमा उनले भने, ‘अब वार्ता हुन्छ, अगाडि बढ्छ ।’

उनले राष्ट्रिय अखण्डताको पक्षमा संसदमा देखिएको एकता निकै राम्रो भएको बताएका छन् ।

स्रोत : अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *