Sajhamanch Archive

मानवीय सहयोगका लागि विपद कोष खडा

Published: in राष्ट्रिय समाचार, समाज by .

काँकरभिट्टा । स्वास्थ्य र विपद्का बखत मानवीय सेवा गर्ने उद्घेश्यले झापामा एउटा विपद् कोष खडा भएको छ । शनिबार झापाको मेचीनगरमा रोट्रयाक्ट क्लब अफ काँकरभिट्टा र विर्तामोड मिडटाउनका पदाधिकारीहरुको भेलाले विपद् सहयोग मानवीय कोष स्थापना गरेको हो ।

कोषको नामाकरण ‘न्यानो सहयोग’ कोष गरिएको छ । विशेष गरी स्वास्थ्य र दैवि प्रकोप बाढी पहिरोलगायत विपद्का बखत तत्काल सहयोग गर्ने गरी कोष खडा गरिएको कोषका सल्लाहकार सुजन प्रधानले बताए । उनका अनुसार कोषलाई व्यवस्थित र पारदर्शीरुपमा सञ्चालन गर्नका लागि रोट्रयाक्ट क्लब अफ विर्तामोड मिडटाउनका पूर्व अध्यक्ष सन्नी गोयलको संयोजकत्वमा समिति गठन गरिएको छ ।

समितिको फोकल पर्सन प्रकृति न्यौपाने, फण्ड चियर नितेशकुमार सिहं राजपुत, लजिष्टीक चियर जितेश अग्रवाल, पव्लिक रिलेशन चियर विवेक दाहाल रहेका छन् । समितिको कार्यकाल २ वर्षे रहने छ ।

भेलाले रोटरी क्लब अफ काँकरभिट्टाका पे्रसिडेण्ट नोमिनि इलेक्ट सुजन प्रधान संयोजक रहने गरी तीन सदस्यी सल्लाहकार समिति चयन गरेको छ । सदस्यहरुमा रोट्रयाक्ट क्लब अफ विर्तामोड मिडटाउनका संस्थापक अध्यक्ष शरद जोशी र रोट्रयाक्ट क्लब अफ काँकरभिट्टाका पुर्व अध्यक्ष रविन सुवेदी रहेका छन् ।

कोषका विषयमा रोट्रयाक्ट क्लब अफ काँकरभिट्टाका प्रेसिडेण्ट इलेक्ट नितेशकुमार सिहं राजपुत र विर्तामोड मिडटाउनका प्रेसिडेण्ट इलेक्ट प्रकृति न्यौपानेसहितका पदाधिकारीहरुले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता भएकै मितिबाट कोषको विधिवत सञ्चालनमा आएको छ ।

शुरुमा एकलाख रुपैयाँको कोष खडा गरिएको भएपनि आगामी दिनमा कोष बृद्घि गरिने विर्तामोड मिडटाउनका प्रेसिडेण्ट इलेक्ट प्रकृति न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार कोषको रकम रोट्रयाक्टका सदस्यहरुसहित हाल महामारीका रुपमा रहेको नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण नियन्त्रणको अग्रपंक्तिमा खटिएका सदस्यहरुको सुरक्षा, नियन्त्रण र रोकथाम तथा प्राकृतिक विपद्का बखत खर्च गरिने छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *