Sajhamanch Archive

संविधान संशोधनको पक्षमा विर्तामोड र शिवसताक्षीमा दीप प्रज्वलन

Published: in राष्ट्रिय समाचार, समाज by .

विर्तामोड । भारतद्वारा अतिक्रमित कालापानी, लिपुलेक र लिम्पिराधुरा समेटिएको नक्सा सार्वजनिक गर्दै सरकारले भूमि फिर्ताको प्रयासलाइ संबैधानिक रुपमा अगाडि बढाएको छ।

आज संसदले निशान छाप परिमार्जनका लागि संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट पारित गरेपछि त्यसको समर्थनमा झापा सहित देशव्यापीरुपमा खुशीयाली प्रकट भएको हो ।

सरकारले सीमा रक्षाका लागि चालेको कदमप्रति जनस्तरबाट व्यापक समर्थन भएको छ । आज साँझ बिर्तामोडमा दीप प्रज्वलन गरिएको छ ।

दीप प्रज्वलन गर्नुअघि नेकपा बिर्तामोड नगर कमिटीका अध्यक्ष ज्ञानुराम प्रसाई लगायतले नेपाली भूमि फिर्ताका लागि सरकारले थालेको प्रयास प्रशंसनीय रहेको बताउँदै युवा र आम नेपाली एकताबद्ध हुन आग्रह गरे।

र्राष्ट्रिय युवा संघले आयोजना गरेको कार्यक्रममा सहभागीहरुले भारतीय हस्तक्षेपविरुद्ध नारावाजी गरेका थिए । उनीहरुले जनताको सरकार जिन्दावाद भन्दै ‘सरकार तिम्रो कर्मले, छाती फुल्छ गर्वले’ लगायतका नारा पनि लगाएका थिए ।

राष्ट्रिय युवा संघ नेपालका बिर्तामोड अध्यक्ष पारस संग्रौलाले राजनीतिक आस्था भन्दा माथी उठेर एकताबद्ध भएर एकता प्रदर्शन भएको छ अब पछि नहट्न आग्रह गरे ।कार्यक्रममा विभिन्न पार्टीका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो।

यता नेपाल कम्युनिष्ट पार्टी शिवसताक्षी नगर कमिटीले शिवसताक्षीमा दीप प्रज्ज्वलन गरेको छ । संविधान संसोधन प्रस्ताव पारित गरेरनेपालको लिम्प्याधुरा सम्मको भूभाग सरकारले आधिकारीक रुपमा आफ्नो नक्शामा राख्न सफल भएकोमा सरकारको कामप्रति खुसी व्यक्त गरिएको थियो । सरकारको यो ठूलो उपलब्धी भएको र नेपालको जमिन फिर्ता गर्नका लागि पनि छिटै कुटनीतिक पहल थाल्नु पर्ने शिवसताक्षी नगर अध्यक्ष महेन्द्र भट्टराईले बताए ।

सरकारको कामको प्रशंसा गर्दै शिवसताक्षीको माइधार, दूधे, शिवगञ्ज, पाराबारी मंगलबारेमा साँझ दिप प्रज्ज्वलन गरिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *