Sajhamanch Archive

तेल ट्याङकरमा विष्फोट,१० जनाको मृत्यु

Published: in मिडियाबाट साभार, विश्व समाचार by .

एजेन्सी । चीनको झुजियाङ राज्यको वेनलिङ शहरस्थित राजमार्गमा एक तेल ट्याङकरमा विष्फोट हुँदा १० जनाको मृत्यु भएको छ । विष्फोटमा परेर ११७ जना घाइते भएका छन् ।

स्थानीय अधिकारीहरुका अनुसार विष्फोटबाट आसपासका घर र फ्याक्ट्रीमा पनि क्षति पुगेको छ । शनिबार भएको सो विष्फोटमा केही कार र दुईवटा गाडी समेत ध्वस्त भएका छन् ।

विष्फोटपछि राजमार्गका वरिपरिको क्षेत्रमा कालो धुँवाको मुस्लो फैलिएको थियो ।

स्रोत : रातोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *