Sajhamanch Archive

कौडाखालबाट कनकाईका सात जना पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by .

बिर्तामोड । झापाको कनकाई–३ स्थित टप्पु टोलमा कौडा खेलीरहेको अवस्थामा नगदसहित ७ जना पक्राउ परेका छन् ।

शनिवार विशेष सूचनाको आधारमा प्रहरीले उनीहरुलाई चेतन कुमार प्रसाईको घरबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी मुकुन्द रिजालले जानकारी दिए ।

जुवाखालवाट कनकाई–३ का ५३ वर्षीय विष्णु प्रसाद उप्रेती, ४५ वर्षीय लिलु अग्रवाल, ३६ वर्षीय सुरज चुडाल, ४० वर्षीय हरि खरेल, ३१ वर्षीय ओमप्रकाश चापागाई, ३८ वर्षीय मान बहादुर श्रेष्ठ र ३५ वर्षीय हरि बहादुर श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट प्रहरीले ७१ हजार १० रुपैयाँ नगद, १६ थान कौडा, पाउडर र गलैचा समेत बरामद गरिएको इप्रका विर्तामोडले जनाएको छ । पक्राउ परेकाहरुका बारेमा आवश्यक अनुसन्धान भईरहेको डिएसपी रिजालले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *