Sajhamanch Archive

गुल्मीमा कोरोना संक्रमितको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

गुल्मी   गुल्मीमा कोरोना पोजेटिभ देखिएका एक जनाको मृत्यु भएको छ ।

धुर्कोट गाउँपालिका–४ जैजिथोकका ३६ वर्षीय युवाको मृत्यु गएराति मृत्यु भएको हो । उनलाई रेसुंगा नगरपालिका–९ स्थित उपल्लो तम्घासको आइसोलेसनमा राखेर उपचार गराइएको थियो । मृतकको शवलाई जन्मस्थान नजिकै व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी गराए ।

भारतबाट आएका ती यूवाको जेठ १२ गते पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । धुर्कोटका स्थानीयका अनुसार उनी क्यान्सर रोगबाट  पनि थलिएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *