Sajhamanch Archive

शिवसताक्षीमा रक्तदान, ६३ प्रिन्ट रगत संकलन

Published: in राष्ट्रिय समाचार, विविधा, समाज by .

शिवसताक्षी । १६६ औं विश्व रक्तदाता दिवसको अवसरमा शिवसताक्षीको धरमपुर चौकमा   रक्तदान कार्यक्रम गरिएको छ ।

सतासीधाम जेसीज र धरमपुर वचत तथा ऋण सहकारी संस्थाको संयुक्त आयोजनामा  गरिएको रक्तदानमा ६३ प्रिन्ट रगत संकलन भएको हो । रक्तदानमा १६ महिला र ४७ पुरुषले रगतदान गरेका थिए ।

रक्तदानका क्रममा नेपाल रेडक्रस झापाका सभापति  लोकराज ढकालले बैज्ञानिकले मानवलाई आवश्यक क्यालोरी एउटा ट्याबलेटमा सीमित गराउन सफल भए पनि त्यही मानवलाई आवश्यक पर्ने रगत कसैले बनाउन नसकेको बताए । दिनप्रतिदिन रगतको माग बढिरहेको हुँदा यस्ता कार्यक्रमबाट संकलन भएको रगतले झापामा भएको रक्त अभावलाई टेवा पुर्याइरहेको जानकारी दिए । सभापति ढकालले यो कोरोना भाइरसको महामारीमा पनि शिवसताक्षीमा ४ पटक सम्म रक्तदानको कार्यक्रम आयोजना गरी ठूलो मात्राका रगत संकलन भएकोमा आयोजक र रक्तदातालार्ई धन्यवाद दिएका थिए ।

कार्यक्रमा नेपाल रेडक्रस सोसाइटी, उपशाखा विर्तामोडकाप्राविधिक टोलीले सहजीकरण गरेको सतासीधाम जेसीजका वर्तमान अध्यक्ष कुमारसिंह साँवाले जनाकारी दिए ।

यसैबीच कार्यक्रममा शिवसताक्षी नगर क्षेत्रबाट सबैभन्दा बढी रक्तदान गर्ने एक महिला र पुरुष रक्तदातालाई समेत सम्मान गरिएको थियो ।

जीवनमा १४ औं पटक रक्तदान गरेकी जयकुमारी जेम्जोङ्ग र ६३ पटक रक्तदान गरेका छविलाल दवाडीलाई सम्मान गरिएको हो ।

रक्तदान कार्यक्रममा  शिवसताक्षी नगरकाकी उपमेयर भोजकुमारी नेपाल, नेपाली कांग्रेस नगर संयोजक पर्शुराम ढुङ्गाना, वडा नं. ८ का वडाध्यक्ष केहरसिंह बस्नेत, सतासीधाम सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष नारायण प्रसाद बजगाँईं, उद्योग वाणिज्य संघ, शिवसताक्षीका अध्यक्ष भोला मैनाली, नेरोसो शिवसताक्षीका सचिव गोविन्द काफ्ले, रारआमावि दूधेका पूर्व विद्यार्थी मञ्च अध्यक्ष अशोक बस्नेत लगायतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रमको सञ्चालन धरमपुर वचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक बिनोद ढकालको रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *