Sajhamanch Archive

बलिउड अभिनेता सुशान्त सिंह राजपूतले गरे आत्महत्या

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by .

एजेन्सी । महेन्द्र सिंह धोनीको बायोपिकमा बनेको फिल्ममा मुख्य भूमिका निर्वाह गर्ने सुशान्त सिंह राजपूतले आत्महत्या गरेका छन् ।

मुम्बईको बान्द्रास्थिती फ्ल्याटमा उनको शव भेटिएको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ । उनले किन आत्महत्या गरे भन्ने बारे जानकारी प्राप्त छैन । मिडिया रिपोटएका अनुसार सुशान्तका सहयोगीले यस घटनाबारे प्रहरीलाई जानकारी दिएका हुन् ।

सुशान्त सिंहको जन्म पटनामा भएको थियो । सन् २००० को सुरुवातमा उनको परिवार दिल्लीमा बसेको थियो । सुशान्तका चार दिदी बहिनी छन् । तीमध्ये एक मीतू राज्य स्तरकी क्रिकेट खेलाडी हुन् ।

सुशान्तले ब्याकअप डान्सरको रुपमा आफ्नो करियर सुरु गरेका थिए । टिभीमा उनको पहिलो सिरियल बालाजी टेलिफिल्म्सको ‘किस देश मे शै मेरा दिल’ थियो । त्यसपछि ‘पवित्र रिश्ता’ सिरियलमार्फत् उनले चर्चा पाए । उनी डान्स रियालिटी शो जरा नच के दिखा र झलक दिखलाजामा पनि देखिए । उनले काय पो चे, शुद्ध देसी रोमान्स, पीके र केदारनाथ फिल्ममा काम गरेका छन् ।

सुशान्तकी पूर्व म्यानेजरको पनि केहि दिनअघि एउटा भवनको १४ औं तल्लाबाट खसेर मृत्यु भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *