Sajhamanch Archive

कोरोना संक्रमित एक हप्तादेखि फरार

Published: (Updated: ) in समाज, स्वास्थ्य by .

कपिलवस्तु । कपिलबस्तुका एक जना कोरोना संक्रमित फरार भएका छन । कपिलवस्तुको कृष्णनगर नगरपालिकाको आइसोलेसनबाट एक कोरोना सङ्क्रमित फरार भएका हुन्।

आएशा गल्स कलेज झण्डीनगरमा रहेको आइसोलेसनमा २ दिन बसे पछि रातको समयमा भागेका हुन। उनी जेठ २३ गते कोरोना सङ्क्रमित भएको पुष्टि भएको थियो। दुई दिन आइसोलेसनमा बसे पछि जेठ २५ गतेबाट फरार रहेको कृष्णनगर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख अनिल विश्वकर्माले जानकारी दिए।

फरार हुने कोरोना सङ्क्रमित भारतीय नागरिक रहेको बताइएको छ। सीमावर्ती बजार वढनी आसपासमा बस्ने वर्ष २२ को सन्तोष केवट रहेका छन्। कृष्णनगरको क्वारेन्टाईनमा बस्दा उनले ठेगाना गलत लेखेका थिए। केवट रातको समयमा भारत तर्फ भागेका थिए। आइसोलेसन स्थल नेपाल भारत सीमा देखि आधा किलो मिटर टाढा रहेको छ। भागेको विषयमा नगरपालिकाले कसैलाई पनि जानकारी गराएको छैन।

सङ्क्रमित भागेको एक हप्ता बित्दा सम्म कृष्णनगर नगरपालिकाले सूचना लुकाएको छ। प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेललाई यस विषयमा सोधपुछ गर्दा थाहा नभएको र बुझेर बताउने जानकारी दिए। प्रजिअ मात्र नभएर कपिलवस्तु प्रहरी प्रमुख र सशस्त्र प्रहरी प्रमुखलाई समेत घटनाको विषयमा जानकारी छैन। फोन मार्फत कुराकानी गर्दा भागेको विषयमा केही थाहा नभएको बताए। भागेको विषयमा कृष्णनगर नगरपालिका र भारतीय सीमावर्ती बजारमा समेत थाहा पाएका छैनन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *