Sajhamanch Archive

पूर्वी नाका काँकरभिट्टामा ‘ट्राभल हिस्ट्री’ हेरेर मात्र आरडीटी परीक्षण

Published: (Updated: ) in मिडियाबाट साभार, समाज, स्वास्थ्य by .

मेचीनगर । पूर्वी सीमा नाका काँकरभिट्टामा भारतबाट आउने नागरिकको ‘ट्राभल हिस्ट्री’ हेरेर मात्र -यापिड  डायग्नोस्टिक टेस्ट (आडीटी) परीक्षण गरिन थालिएको छ ।

भारतको दिल्ली, मुम्बई, महाराष्ट्र लगायत प्रभावित क्षेत्रबाट आउने नेपालीहरुको ‘ट्राभल हिस्ट्री’ हेरेर मात्र आरडीटी परीक्षण गरिन थालिएको हो ।

काँकरभिट्टामा आठदिनमा भारतबाट आएका २८१ जना नेपाली नागरिकहरुको आडीटी गरिएको नेपाली नागरिक स्वदेश आगमन सहजिकरण समितिका संयोजक जनक कोइरालाले बताए ।

मेचीनगर नगरपालिका वडा नं.६ स्थित काँकरभिट्टा माविको खेलमैदानमा नेपाली सेना लगायतको संयुक्त स्वास्थ्य टोलीले गत जेठ २५ गतेदेखि भारतबाट आएका उक्त संख्याका नेपालीहरुको कोराना सम्बन्धि आरडीटी चेकजाँच गरिएको छ ।

गत जेठ २५ गते ४६ जना, २६ गते ५२ जना, २७ गते ९८ जना, २८ गते २५ जना, २९ गते २१ जना, ३० गते ८ जना, ३१ गते १७ जना र ३२ गते १४ जनाको आरडीटी परीक्षण गरिएको थियो । ८ दिनमा २८१ जनालाई आरडीटी परीक्षण गर्दा १० जनामा आरडीटी पोजेटिभ भेटिएको संयोजक कोइरालाले बताए ।

आरडीटी पोजेटिभ भेटिएका मध्ये ६ जना मेचीनगरका, ३ जना विराटनगर र १ जना सुनसरीका थिए । उनीहरु सबै जनालाई भद्रपुर स्थित मेची क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो ।

मेचीनगरका छैजनाको पीसीआर टेष्ट गरिएको थियो । उनीहरुको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई होम क्वारेन्टाइनमा पठाइएको छ । संयोजक कोइरालका अनुसार किट अभावका कारण भारतबाट आउने नेपालीहरुको ‘ट्राभल हिस्ट्री’ हेरेर मात्रै नाकामा आरडीटी टेष्ट गरिने छ ।

विशेष गरेर भारतको दिल्ली, मुम्बई, महाराष्ट्र लगायत प्रभावित क्षेत्रबाट आउने नेपालीहरुको मात्र यहाँ आरडीटी टेष्ट गरिने संयोजक कोइरालाको भनाई छ । नेपालमा कोरोना संक्रमित अधिकांश भारत र तेस्रो मुलकबाट आएका नेपाली नागरिकहरुबाट भएको छ ।

नाकामा कोरोना चेकजाँचका नाममा आरडीटी र फिवर मात्र परीक्षण गरिएपछि संक्रमितको संख्या नेपालमा बढ्दै गएकोमा सवत्र विरोध हुन थालेको छ । भारतबाट आउने नागरिकको पीसीआर टेष्ट गरेर मात्र नेपाल भित्राउन विभिन्न ठाउँमा नागरिकहरुले प्रर्दशन समेत गरिरहेका छन् ।

स्रोत : लोकतन्त्र पोस्ट्

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *