Sajhamanch Archive

अहिलेसम्म कोरोनाको औषधि बनेको छैन, भ्रममा नपर्नू : स्वास्थ्य मन्त्रालय

Published: in स्वास्थ्य by .

काठमाडौं । कोरोना भाइरस निको हुने औषधि निर्माण नभइसकेकोले भ्रममा नपर्न स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्‍वर गौतमले आग्रह गरे छन्।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा विभिन्‍न उनले हालसम्म खोप वा औषधि पत्ता नलागेको र संसारभर यसको खोज तथा अनुसन्धान भइरहेको उनले बताए। यसको अनुसन्धानमा कुनै पनि बलियो प्रमाण फेला परेको छैन, उनले भने, यसै सन्दर्भमा नेपालमा विभिन्न व्यक्ति वा संस्थाहरुले कोभिड(१९ को उपचार लाग्‍न नदिने वा लागेमा विभिन्‍न औषधि बनेको भ्रामक प्रचारप्रसार गरिरहेको बुझिन आएकोले मन्त्रालयो गम्भीर ध्यानाकर्षण भएको छ।

कुनैपनि चिकित्सा पद्बतिको विधिहरुको प्रचारप्रसार र प्रयोगको सम्बन्धमा सम्बन्धित चिकित्सा परिषदको अनुमति लिनुपर्ने कानुनी व्यवस्था रहेको प्रवक्ता गौतमले जानकारी दिए। आयुवेर्दिक चिकित्सा पद्बति वा अन्य चिकित्सा पद्बति अनुसार रोग प्रतिधात्मक क्षमताको औषधि प्रयोगबारे सचेत रहन पनि उनले भनेका छन्। त्यस्ता ‍औषधि प्रयोग गर्दा स्थानीयस्तरको स्वास्थ्यसंस्थाको क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीको परामर्श लिन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *