Sajhamanch Archive

प्रदेश १ मा निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट बढ्यो

Published: (Updated: ) in प्रदेश तह, समाज by .

विराटनगर । आगामी आर्थिक वर्षका लागि प्रदेश १ सरकारले निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट बढाएको छ ।

९३ जना प्रदेशसभा सदस्यहरुको सिफारिसमा खर्च हुने उक्त रकम प्रति निर्वाचन क्षेत्र ५० लाखबाट बढाएर १ करोड पुर्‍याइएको हो ।

अर्थमन्त्री इन्द्रबहादुर आङ्बोले सोमबार प्रस्तुत गरेको बजेटमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेट भने घटाइएको छ । चालु आर्थिक वर्षमा प्रति निर्वाचन क्षेत्र २ करोड ५० लाखका दरले बजेट विनियोजन गरेको प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ५० लाखका दरले घटाएको हो ।

प्रदेशभित्र ५८ वटा निर्वाचन क्षेत्र छन् । ती क्षेत्रका लागि २ करोडका दरले बजेट विनियोजन गरेको आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *