Sajhamanch Archive

यसरी भएको थियो क्वारेन्टाइनमा सामूहिक बलात्कार

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका–१ की ३१ वर्षीया युवती ६ महिनाअघि कामको खोजीमा भारतको बैङलोर पुगिन् । श्रीमान् कान्छी श्रीमती लिएर झन्डै ७ वर्षअघि भारत भासिएपछि दुई बच्चाको लालनपालन गर्न उनी पनि त्यतै गएकी हुन् ।

भाँडा माझ्ने काम कोरोना महामारीले रोकियो । झन्डै दुई महिनापछि उनी गैरीफन्टा नाका हुँदै जेठ २० गते लम्की पुगिन् । नाबालक छोराछोरी र नजिकै रहेका माइती भेट्ने रहर हुँदाहुँदै पनि उनी स्थानीय सरकारले बनाएको क्वारेन्टाइनमा बसिन् । सरकारले पहरा दिने भनिएको क्वारेन्टाइनमा शनिबार राति सामूहिक बलात्कारको सिकार भइन् ।

क्वारेन्टाइनका लागि निश्चित मापदण्ड छन् । सुरक्षा, स्वास्थ्यकर्मी, खानपान, नियमित रेखदेख । तर, लम्की चुहा–१ ले व्यवस्थापन गर्दै आएको सहिद स्मृति माविमा उनी तीन जनाको बलात्कारमा परेकी हुन् ।

विद्यालयमा जति बेला जो पनि निर्धक्क प्रवेश गर्ने वातावरण छ । दिउँसै असुरक्षित रहेको विद्यालयको छेउ कोठामा १४ दिन क्वारेन्टाइन बसेका ३३ जना घर फर्किए । अर्की एक महिला श्रीमानसँगै बसिन् । ती युवतीलाई त्यही छेउको कोठामा बस्न भनियो । १२ दिन पुगिसकेको भए पनि उनको आरडीटीसम्म भएको थिएन । चुकुल समेत नभएको कोठाभित्र उनी ढोकामा बेन्च राखेर सुत्थिन् ।

राति १२ बजेदेखि नै पानी परिरहेकाले जस्ताले छाएको कोठामा चर्को आवाज आइरहेको थियो। पीडित महिलाका अनुसार क्वारेन्टाइनको सुरक्षामा खटिएका स्वयंसेवक लक्ष्मण परियार पटक पटक ढोका र झ्यालमा हिर्काउँदै ढोका खोल्न भनिरहेका थिए ।

निकै बेर ढोकामा हिर्काएपछि उनले रिसाउँदै ढोका खोलिन् । लक्ष्मणले उनलाई धकेल्दै अर्को भवनमा पु¥याए । कोठा बन्द गरे अनि बलात्कार गरे। उनले मध्यराति उनले हारगुहार गरिन् । अर्का स्वयंसेवक किशोर परियार उनको नजरमा परे ।

उनी भन्छिन्, ‘मैले उनको खुट्टा समातेरै बचाउन आग्रह गरें तर उनले पनि उल्टै बलात्कार गरे ।’ पहिलो र दोस्रो बलात्कारको भिडियो सर्जन विक नामका अर्का युवकले खिचिरहेका रहेछन् ।
उनी भन्छिन्, ‘सर्जनले पनि मलाई पैसा दे, नत्र त्यो भिडियो भाइरल बनाई दिन्छुु भन्दै धम्की दिए ।’ उनले इज्जतको डरले पनि तत्काल प्रतिवाद गर्न नसकेको बताइन् । उनले भाइलाई खबर गरेको सुनाइन् । उनले सामूहिक बलात्कार आरोप लगाउँदै उनीहरुविरुद्ध जाहेरी दिएकी छन् ।

छेउ कोठामा १४ दिन क्वारेन्टाइन बसेका ३३ जना घर फर्किए । अर्की एक महिला श्रीमान्सँगै बसिन् । ती युवतीलाई त्यही छेउको कोठामा बस्न भनियो । १२ दिन पुगिसकेको भए पनि उनको आरडीटीसम्म भएको थिएन ।

बलात्कार आरोपमा प्रहरीले क्वारेन्टाइन व्यवस्थापनमा खटिएका किशोर परियार, लक्ष्मण परियार र सर्जन विक तीनै जनालाई पक्राउ गरेको छ । ‘अनुसन्धानमै भएकाले त्यसबारे केही बोल्न मिल्दैन’, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी प्रतीक विष्टले भने ।

इलाका प्रहरी कार्यालय लम्कीका अनुसार २२ वर्षीय किशोर स्थानीय स्वाथ्यकर्मी हुन् भने २० वर्षीय लक्ष्मण र १८ वर्षीय सर्जन वडाले खटाएका स्वंयमसेवक हुन् । क्वारेन्टाइन व्यवस्थापनका लागि उनीहरुलाई दैनिक १ हजारदेखि १५ सय रुपैयाँसम्म पारि श्रमिक दिने गरी वडाले खटाएको थियो । घटनापछि आक्रोशित स्थानीयले आइतबार र सोमबार दिनभर प्रदर्शन गरे ।

सोही क्वारेन्टाइनमा बस्दै आएकी रामदेवी सिंहले भनिन्, ‘कोरोनाको डर एकातिर छ, त्यसैमाथि क्वारेन्टाइनभित्रै बलात्कार हुन थालेपछि त्रास बढेको छ । स्वयंसेवकबाटै यस्तो घटना भयो । कसको विश्वास गर्ने रु’

विद्यालय व्यवस्थापन समिति अध्यक्ष मोतिकला चलाउनेले खान र बस्नका लागि समस्या भए वडाध्यक्षलाई खबर गर्ने र सुरक्षाको जिम्मा स्वयं सेवकहरुले गर्ने गरेको बताए । लम्की चुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाईंले लम्की घटना खेदपूर्ण भएको बताए । बजगाईंका अनुसार लम्की चुहा नगरपालिकामा ३६ वटा क्वारेन्टाइनमा ४ हजारभन्दा बढीलाई राखिएको छ ।

क्वारेन्टाइन व्यवस्थापनका लागि वडाध्यक्षको नेतृत्वमा सम्बन्धित विद्यालय व्यवस्थापन समिति, विद्यालयका प्रधानाध्यापक र वडाका प्रतिनिधि रहने व्यवस्था छ । ‘क्वारेन्टाइनभित्रै भएको घटनाले दुःखित बनाएको छ, दोषीलाई कानुनबमोजिम कडा कारबाही हुनुपर्छ’, बजगाईंले भने, ‘आरोपितहरु पक्राउ परिसकेका छन् । हामीले कार्यपालिकाबाटै खेद प्रस्तावसमेत पारित गरेका छौं । कानुनतः कारबाही हुनुपर्छ ।’ घटनाको कमजोरीबारे छानविन गरिने उनले बताए ।

क्वारेन्टाइन व्यवस्थापनको जिम्मा वडाको भए पनि त्रुटि देखिएको स्थानीयले बताएका छन् । वडा कार्यालयले ती दुवै जना वडाले राखेका कर्मचारी होइनन् भनी विज्ञप्ति जारी गरेको छ । वडाध्यक्ष जनकबहादुर बमले सुरुदेखि नै क्वारेन्टाइनबारे लापरवाही गर्ने गरेको आरोप लाग्दै आएको थियो ।

वडाध्यक्ष बमले लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा म्याद सकिएको बिस्कुट खाजाका रुपमा यसअघि दिएका थिए । लम्की चुहाकी कोरोना संक्रमति महिला पानसरा वि।कलाई १२ दिनमै घर पठाएका थिए। १४ दिनमा उनको रिपोर्ट पोजिटिभ आएपछि उनको सम्पर्कमा रहेका थप ५२ जनालाई क्वारेन्टाइनमा राख्नुपरेको थियो ।

नगर प्रमुख बजगाईंले वडाले नै राखेका स्वयंसेवक घटनामा जोडिएको स्वीकार्दै गर्दा वडाध्यक्ष बमले भने घटनामा बाहिरबाट आएकाहरुको संलग्नता रहेको भन्दै विज्ञप्ति प्रकाशित गरेका थिए ।

बलात्कारको विरोधमा आक्रोशित स्थानीयले वडा कार्यालयमाथि तोडफोड पनि गरेका छन। उनीहरुले दोषीमाथि कारवाहीको माग गरेका छन् । सोमबार प्रदेशसभामा सांसद पूूर्णा जोशी र नन्दा बमले दोषीमाथी कारबाही माग राख्दै महिलाका लागि अलग्गै क्वारेन्टाइनको माग गरे। लम्की क्षेत्रका प्रदेशसभा सदस्य रतन थापाले, दोषीलाई बचाउने कार्य भइरहेको भन्दै जुनसुकै दलका भए पनि कारबाही हुनुपर्ने बताए । अन्नपूर्ण पोष्टबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *