Sajhamanch Archive

कमल गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्थानीय तह, by .

कमल । झापाको कमल गाउँपालिकाले सोमबारबाट प्रधानमन्त्री रोजगार कार्यक्रमको सुुरुवात गरेको छ ।

आर्थिक वर्ष २०७६/०७७ को प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आवेदन दिएका युवाहरुलाई पहिलो चरणमा कमल गाउँपालिकालको वडा नम्वर २ को कार्यलय भवन निर्माण र वडा नम्वर ३ र ५ मा खानेपानि पाईपलाई विस्तारको कार्यमा खटाइने भएको छ ।

गाउँपालिकामा पुर्ण विवरण सहित रोजगारीका लागि आवेदन दिएका १ सय ५० जना युवाहरु मध्ये पहिलो चरणमा ३० जना युवालाई काममा खटाईएको कमल गाउँपालिकाका रोजगार संयोजक भरतचन्द्र तिवारीले जानकारी दिए ।

कोभिड १९ का कारण देश अहिले विषम परिस्थितीमा रहेको छ । यस्तो अवस्थामा दैनिक ज्यालादारी गरि विहान बेलुकाको छाकटार्न समस्यामा परेका युवालाई प्रधानमन्त्री रोजगार कार्यक्रमले राहात मिलेको कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले बताइन ।

यस्तो विषक परिस्थितीमा दैनिक ज्यालादारी गरेर जिवन निर्वाहा गर्ने मजदुरलाई राहात दिनुभन्दा उनिहरुलाई रोजगारी दिएर काममा खटाईएको हो । बेरोजगारलाई नितीगत व्यवस्था लगायत लकडाउनको मापदण्ड अनुसार रोजगारी प्रदानगरेको समेत अध्यक्ष काफ्लेले जानकारी दिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *