Sajhamanch Archive

टिपरसँग मोटरसाईकल ठोक्किँदा धिमालको ज्यान गयो

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by .

मोरङ । मोरङको बेलबारीस्थित पूर्वपश्चिम राजमार्गमा रहेको लोहन्द्रा पुलमा सोमबार राति भएको दुर्घटनामा बेलबारी १ का २९ बर्षिय अनिल धिमालको ज्यान गएको छ ।

बेलबारी २ लालभित्तिबाट बेलबारीतर्फ को ३२ प ६६७६ नम्बरको मोटरसाईकलमा आउँदै गरेका धिमाल को १ क ३२५० नम्बरको टिपरसँग ठोक्किँदा गम्भिर घाईते भएका थिए ।

उपचारका लागि नाबेल अस्पताल लगिएकोमा राति ८ं :३० बजे उनको मृत्यु भएको अस्थायी ट्राफिक प्रहरी पोष्ट बेलबारीका असई लिला श्रेष्ठले जानकारी दिएका छन । टिपर चालक सुन्दरहरैचा ७ का ४९ बर्षिय अशोकलाल चौधरी ईलाका प्रहरी कार्यलय बेलबारीको नियन्त्रणमा रहेको बेलबारी प्रहरीले जनाएको छ ।

पूर्वीली न्यूज

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *